अ+
अ
अ-
काठमाडौं : पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी दुई दिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हिजोदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बदलीसँगै हल्का तथा मध्यम खालको वर्षा हुने महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन्। उक्त प्रणालीको प्रभाव आगमी शनिबारसम्म रहने बताइएको छ।



