दक्षिणी सुडानमा जातीय दंगा हुँदा कम्तीमा २२ काे मृत्यु

अ+
अ
अ-

एजेन्सी । जातीय दंगा हुँदा दक्षिणी सुडानमा कम्तीमा पनि २२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार त्यहाँका समूहहरूबीच भएका भिडन्तमा कम्तीमा २२ को मृत्यु भएको छ । बिहीबार दक्षिणी सुडानको उत्तरी सीमा क्षेत्रमा दुई फरक जातीय समूहका युवाहरुबीच झडप हुँदा ठूलो संख्यामा हताहती र घाइते भएका छन् । घाइतको यकिन विवरण आएको छैन । त्यहाँका सूचना मन्त्री मिचेल मयौतले सो दंगामा परी कम्तीमा पनि २२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

दक्षिणी सुडानमा जातीय दंगा पटकपटक हुने गरेका छन् । गत मंगलबार मात्रै जातीय समूहबीच झडप हुँदा एक सुरक्षाकर्मी मारिएका थिए भने अन्य १८ जना घाइते भएका थिए । पटकपटक भइरहने यस्ता घटनामा हालसम्म हजारौँले ज्यान गुमाइसकेको बताइन्छ ।