अ+
अ
अ-
चितवन । चितवनको भरतपुर अस्पतालमा चिकित्सकको लापरबाही कारण १४ महिने बालकको मृत्यु भएको दाबी गरिएको छ । बालकका आफन्तहरुले चिकित्सकको लापरबाही कारण मृत्यु भएको आरोप लगाएका हुन् । रौतहट चन्द्रपुर नगरपालिका–५ का प्रकाश बस्नेतले १४ महिने छोरालाई मंगलबार भरतपुर अस्पताल ल्याएका थिए । बालकको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।
बालकको मृत्युपछि आफन्तहरुले न्याय नपाएसम्म शव नबुझ्ने भन्दै अस्पतालमा नाराबाजी गरेका थिए । सो क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई शुक्रबार बिहान छोडिएको प्रहरीले जनाएको छ। मृतक बालकका बुवा प्रकाशले न्याय नपाएसम्म शव नबुझ्ने बताए । ‘दोषीलाई कारबाही हुनुपर्छ, हामीलाई न्याय चाहिन्छ, अन्यथा शव बुझ्दैनौँ’, उनले भने ।



