देशका धेरै भु-भागमा मेघ गर्जन, हावा हुरीसहित वर्षा हुने

अ+
अ
अ-

काठमाण्डौ – उपत्यकासहित मध्य र पूर्वको मौसम शुक्रबार पनि आशिंकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको विहारमा बनेको न्यूनचापीय रेखाको प्रभावले मध्य र पूर्वसँगै पश्चिमको पहाडी क्षेत्रको मौसम एकैछिन खुलेपनि दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको छ ।

शनिबारदेखि पश्चिमी वायु नेपाल प्रवेश गर्ने देखिएकाले एक दुई दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्नेछ ।बुधबारदेखि नै पानी परिरहेकोले बढ्दै गइरहेको गर्मी भने केही घटेको छ ।पछिल्लो २० घन्टामा काठमाडौं उपत्यकामा ५ दशमलव ५ मिलीमिटर पानी परेको महाशाखाले जनाएको छ। काठमाडौ उपत्यकाको न्युनतम तापक्रम १६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २९ देखि ३० डिग्री सेल्सियस पुग्ने महाशाखाको अनुमान छ।