अ+
अ
अ-
प्युठान – भारी वर्षाले प्यूठानमा ठूलो क्षति पुर्याएको छ। बिहीबार दिउँसोको वर्षापछि आएको बाढीका कारण एक महिलाको मृत्यु भएको छ। मृतक महिलाको पहिचान भने खुलेको छैन ।
झिमरुक नदीमा बाढी आउँदा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो। त्यस्तै प्युठानका ग्रामीण सडक पनि अबरुद्ध भएका छन् । साथै प्यूठानका ग्रामीण सडक बाग्दुला मच्छी सडक, बाग्दुला बहाने, बाग्दुला फोप्ली लगायतका दर्जनौ सडक अवरुद्ध बनाएको छ।



