अ+
अ
अ-
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित भैंसेपाटीमा रहेको सोडियम हाइड्रो सल्फेट केमिकल फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । किरण प्रकाश श्रेष्ठले सञ्चालन गरेको सो फ्याक्ट्रीमा आज (बिहीबार) बिहान आगलागी भएको हो ।बिहान साढे ३ बजेबाट लागेको आगो केमिकल फ्याक्ट्री भएका कारण अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ ।नियन्त्रणका लागि चार दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दा प्रयासरत छन् ।
आगलागीबाट ठुलो धनमालको क्षति भएपनि मानविय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । के कति कारणले आगलागी भएको खुलेको छैन। आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो धनमालकाे क्षति भएको प्रहरीले अनुमान गरेको छ। घटनाकाे विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस्



