आमा घरमा नभएको मौका छोपी मध्यरातमा साडे २ वर्षे बालकलाई बलि दिएका सत्रुधन पक्राउ, क्रुर अपराधीको अन्धविश्वासले गाउँ नै शोकमा

अ+
अ
अ-

धनुषा – धनुषामा साडे २ वर्षिय बालिकाको हत्या अभियोगमा एक धामी पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका –६ मा अढाई वर्षीय बालकको हत्यामा धामीको संलग्नता रहेको पुष्टि भएको भन्दै प्रहरीले सत्रुधन महतोकै संगल्नता रहेको निष्कर्ष निकालेको छ । घटना गएको वैशाख २३ गतेको हो ।

वैशाख २३ गते साँझ बालककी आमा रेनुदेवी घाँस काट्न गएको बेला घरमा कोही नभएको मौकामा महतोले बालकलाई फकाएर अपहरण गरेर वैशाख २४ गते बिहान स्थानीय कृष्णानन्दन महतोको बारीमा हत्या गरी फालिएको अवस्थामा शव फेला परेको थियो ।

महतोले बालकलाई लुकाएर राखेको र राति २ बजे सिद्धि हुने अन्धविश्वासमा आफ्नै आँगनमा धारिलो हतियार प्रहार गरी देवीदेउताको नाममा बालकको घाँटी रेटेर बली दिएर बालकको शव कृष्णानन्दनको बारीमा रहेको झाडीमा फलिदिएको प्रारम्कि अनुसन्धानबाट खुल्न आएको छ ।

बालक आर्यन बिरामी हुँदासमेत महतोले झारफुक गर्दै आएका थिए । बालकका हजुरबुवा पिताम्बर साह हलुवाइको झाँक्री महतोमाथि बालकको अपहरण गरी बन्धक बनाएर हत्या गरेको किटानी जाहेरीका आधारमा प्रहरीले तत्कालै महातोलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।