शेखरजंग रायमाझी भन्छन्- एक डेढ बर्षमा राजा ज्ञानेन्द्र फर्किने निश्चित

अ+
अ
अ-

राजनीतिक बहसमा पुनरुत्थानवादी शक्ति नेपालका नेता शेखरजंग रायमाझी ।

पुनरुत्थानवादी शक्ति नेपालले गणतन्त्र घोषणा भएको दिनलाई कालो दिनका रुपमा मनाउंदै आएको छ । जेठ १६ कै दिनमा गणतन्त्र घोषणा भएकोले यस दिनलाई कालो दिनका भनेको हो ।

पुनरुत्थानवादी शक्ति नेपालका नेता शेखर जंग रायमाझीले नेपालको एकिकरण,स्वाधीनता, स्वतन्त्रता र गौरव कायम गर्दै नेपाली नागरिकको पहिचान स्थापित गर्ने नेपाली राजतन्त्रको बिकल्प नरहेको बताएका छन ।यो जनघाती, राष्ट्रघाती बिदेसीको गुलामी गर्ने कालो गणतन्त्र अपदस्त गर्नुपर्ने आजको आवश्यकता रहेको रायमाझीले बताए ।