पेट्रोलियम पदार्थमा अतिरिक्त शुल्क लिने

अ+
अ
अ-

सरकारले सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० को संयुक्त बैठकमा आव २०७६÷७७ को वार्षिक बजेट पेश गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा आव २०७६÷७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान अर्थात् बजेट आज पेश गर्नुभएको हो ।

बजेट भाषणमा सरकारले सडक निर्माण तथा सम्भारका लागि भन्दै पेट्रोलियम पदार्थमा अतिरिक्त शुल्क लिने भएको छ। आगामी वर्षको बजेटबाट प्रतिलिटर डिजेल र पेट्रोलमा १ रुपैयाँ शुल्क लिने अर्थन्त्री युवराज खतिवडाले जानकारी दिए।

त्यस्तैसरकारले सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने भएको छ । त्यसका लागि सरकारले ६ अर्ब बजेट छुट्याएको छ ।यस्तै सरकारले स्वास्थ्य बिमा कार्यक्रम सबै जिल्लामा उपलब्ध गराइने अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणाका क्रममा जानकारी दिए ।