काठमाडौं । प्रहरीले अपराधिलाई नियन्त्रणमा लिनको लागि गोली चलाएको छ । ८ बर्षीय बालक करण शाहलाई अपहरण गरी हत्या गर्ने हत्याराहरुलाई प्रहरीले इन्काउन्टर गरेको हो ।गत १० गते शुक्रबार विहानको १० बजे बीरगंजबाट अपहरणमा परेका बालकको कलैया नगरपालिका वडा नम्बर ११ मा लगेर २ घण्टापछि शव भेटिएको थियो । २ नम्बर प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले अपहरणकारीको खोजी तिव्र बनाएको थियो ।
शुक्रबार रातीमात्र प्रहरीलाई खबर आएपछि प्रहरी अझै सशक्त भएर लागेको थियो । अपहरणकारीहरुले बच्चाको हत्या गर्नु अगाडी नै बच्चाको बोली रेकर्ड गरेर हत्या गरेका थिए । त्यसपछि उक्त अडियो सुनाएर फिरौती मागिएको खुल्न आएको छ ।
प्रहरीका अनुसार भारत बिहार घर भएका बिकास शर्मा, कलैया नगरपालिका वडा नम्बर ८ भएका राम बिनेश महतो, बारा कलैयाका शिकेन्द्र शाहले अपहरणपछि हत्या गरेका थिए । अपहरणकारीलाई पछ्याउँदै गएको प्रहरीको टोलीलाई देखेर भाग्न खोजेपछि उनीहरुलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



