समाचार
संसदमा प्रयोग भएका असंसदीय शब्दको अभिलेख हेर्न तीन महिना लाग्ने
काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा बोलेका शब्द संसदीय र असंसदीय कुन कुन हुन् भन्ने हेर्न तीन महिना लाग्ने भएको छ ।
संसदमा बोलेका शब्दहरुलाई अभिलेखमा लिपिवद्ध गर्न तीन महिना लाग्ने भएपछि प्रधानमन्त्री ओलीले संसदमा बोलेका शब्दको लिखित अभिलेख हेर्न साउन महिनासम्म कुर्नुपर्ने भएको हो ।



