मनोरञ्जन
फिल्म ‘जात्रै जात्रा’ले गर्यो आक्रामक व्यापार, अत्यन्तै मन पराए दर्शकले
काठमाडौँ- शुक्रबारदेखि देशभर रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ले देशभर आक्रामक व्यापार गरेको छ । फिल्मलाई अत्यन्तै मन पराइएको छ । चलचित्रको व्यापार सिंगलको तुलानामा मल्टिप्लेक्समा आक्रामक छ । बिहानैबाट काठमाण्डौका सिभिल, जय नेपाल, कुमारी, बीग मुभिज, छाया सेन्टर, ललितपुरको लबिम मल लगायतमा दर्शकको चाप ९५ देखि १०० प्रतिशत छ ।
काठमाण्डौ बाहिरका चितवन, पोखरा लगायतका स्थानमा पनि दर्शकको चाप उच्च रहेको छ । काठमाण्डौको गोपिकृष्ण हलमा चलचित्र हेरेर निस्किएका अधिकांश दर्शकले यो चलचित्रलाई उत्कृष्ट रहेको बताएका छन् ।
चलचित्रका बाल–कलाकार अव्रिन खड्काको कामको पनि तारिफ भैरहेको छ । विशेषगरि, महिला दर्शकले चलचित्रको पारिवारिक पाटोलाई बढी मन पराएका छन् ।


