अ+
अ
अ-
चितवन । चितवनमा एक युवकको सुतेकै ठाँउमा मृत्यु भएको छ । जिल्लाको कालिका नगरपालिका १ डडुवाका ४८ वर्षीय कुमार श्रेष्ठ आफ्नै घरमा सुतेको अवस्थामा मृत भेटिएका हुन्। मृतकको शरिरमा कुनै घाउ नभदेखिएको प्रहरीले जानकारी दिएको छ।
शंकास्पद भएको भन्दै प्रहरीले कुकुरसहितको अनुसन्धान टोलीले अनुसन्धान गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलयका निरीक्षक युवराज तिमल्सिनाले बताए ।
बिहान ७ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली ७:३० बजे घटनास्थल पुगेको थियो। मृत्यु को कारण पोस्ट मार्टमपछि नै थाहा हुने अवस्था देखिएको छ ।



