खोलाले वगाउँदा वालिकाको मृत्यु

अ+
अ
अ-

युभोजपुर / भोजपुरको अरुण गाउँपालिका–५ याकुमा खहरे खोलाले वगाउँदा बालिकाको मृत्यु भएको छ । विहिबार साँझ स्थानीय २५ वर्षीय शर्मिला श्रेष्ठकी ६ वर्षीय छोरी सन्दीपा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आमासंग घर फर्कदै गरेकी सन्दीपालाई पानीसंगै आएको खहरे भेलले बगाउँदा मृत्यु भएको प्रहरीको भनाई छ ।
वालिकाको आमाले उनको ३ वर्षीय भाई र झोला बोकेको र उनी भने एक्लै हिड्ने क्रममा खोला बगाएको प्रहरीले जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पुरागरि शवलाई पोष्र्टमार्टमको लागि जिल्ला अस्पताल ल्याईएको इन्पेक्टर पाण्डव राजवंशीले बताए ।