अ+
अ
अ-
पोखरा- पोखराका गोपाल श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको बुधवार बिहान आरोहण गरेका छन्। जो २५ वर्ष देखि एचआईभी संक्रमित हुन्। पोखराको रत्नचोकका ५६ वर्षीय श्रेष्ठ सहित ६ जनाको टोली बुधवार बिहान ८ बजे तिर सगरमाथाको आरोहोण गरेका थिए ।
सगरमाथा आरोहण गरेर श्रेष्ठ आधारशिविर तर्फ फर्कदै गरेका छन् ।श्रेष्ठले सन् २००३ मा आफू एचआईभी संक्रमित भएको सार्वजनिक गरेका थिए। उनी पूर्व राष्ट्रिय फुटबल खेलाडी हुन् । श्रेष्ठले सगरमाथा हिमाल आरोहण गर्नु अघि भर्जिन पिक, थोरङला पास, आइसल्याण्ड पिक लगायतका विभिन्न पिक र हिमालको आरोहण गरेका थिए।



