अ+
अ
अ-
गल्याङ नगरपालिका ९ मनहरीमा एक्कासी आगोलागी हुँदा तीन घर र दुई गोठ पुर्णरुपमा जलेर नष्ट भएको छ । मंगलबार साँझ ६ बजेर २० मिनेटको समयमा स्थानीय गोपाल प्रसाद खनालको घर, गोठ, काठपात पुर्णरुपमा जलेर नष्ट भएको छ भने दुईवटा भैंसी घाईते भएका छन् ।
आगलागबिाट एक लाख ६५ हजार बराबरको क्षती भएको बताइएको छ ।त्यस्तै अर्का स्थानीय शालिकराम खनालको पनि घर, गोठ र काठपात पुर्ण रुपमा जलेर नष्ट भएको छ । उनको पाँच लाख बराबरको क्षती भएको छ ।
त्यस्तै अर्का स्थानीय मोहन ढकालको घर पनि पूर्ण रुपमा जलेर नष्ट भएको छ ।उनको दुई लाख ५० हजार बराबरको क्षती भएको छ । गोठ नजिकै रहेको परालको टौवाबाट आगलागी भएको प्रहरीको भनाई छ । आगो कस्ले र कति बेला लगायो भन्ने खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।



