समाचार

मुटु रोगी सरीता बिकलाई महिला समुहद्धारा सहयोग

तेह्रथुम / आर्थीक कम्जोरीका कारण उपचारमा समस्या भएकी तेह्रथुम छथर गाउँपालिका २ हमरजुङ की सरीता बिकलाई आर्थीक सहयोग प्रदान गरीएको छ । मखमली महिला बहुउदेश्य सहकारी संस्था लिमीटेड हमरजुङले रकम संकलन गरी उनका श्रीमान लिलम बिकलाई संस्थाका अध्यक्ष होमकुमारी बिक र सचिब तिलमाया लिम्बुले संयुक्त रुपमा प्रदान गरेका थिए ।

संस्थाले बिकको उपचारका निम्ती २२ हजार ६ सय ३० रुपैयाँ रकम संकलन गरी उनका श्रीमानलाई प्रदान गरीएको संस्थाका सदस्य झुमा लिम्बुले बताईन । उनको मुटुको दुईवटै भल्भ खराब भएको र उपचारमा समस्या भएकोले सहयोगका लागी रकम संकलन गरीएको संस्थाले जनाएको छ ।
उनको उपचार काठमाडौ स्थीत गंगलाल हुदय केन्द्रमा उपचार भई रहेको छ । बिकको भल्भ अपरेशनको तयारी भई रहेको चिकीत्सकहरुले बताएको उनका श्रीमानले बताए । लागी १ छोरा १ छोरी रहेका बिक बिगत ५ बर्ष देखी मुटु रोगले ग्रसित हुँदै आएकी थिईन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *