समाचार

बलिउड सुपरस्टार सलमान खान हातमा फिल्म नै फिल्म, फिल्म साइन गरेर भ्याई नभ्याई

एजेन्सी– बलिउड सुपरस्टार सलमान खान ‘भारत’ फिल्मको प्रमोशनमा व्यस्त छन् । यो फिलममा सलमानको अपोजिट कटरिना कैफ देखिदै छिन् ।त्यस्तै पछिल्लो समय फिल्म दवगंको सुटिगंमा व्यस्ता रहेका छन् । ‘दबंग ३’मा सोनाक्षी सिन्हाको अपोजिट देखिने छन् । उनलाई फिल्मको लागि समय निकाल्नै मुश्किल परिरहेको छ ।

सलमानले सञ्जय लिला भन्सालीको फिल्म ‘इन्शाअल्लाह’मा आलिया भट्टसँग पहिलो पटक देखिदैछन् । त्यसैगरी साजिद नाडियाडवालाको फिल्म ‘किक २’ पनि पाइप लाइनमा छ ।तर इन्शाअल्लाह भन्दा अगाडि किक २ नै रिलिज गरिने छ । हालै सलमान अभिनित ‘टाइगर’को तेस्रो सिरिज बन्ने घोषणा भइसकेको छ ।

सलमानले आधा दर्जन भन्दा बढि फिल्म साइन गरेको छन् । अहिले फिल्ममा अभिनय गर्न सलमानलाई भ्याइ नभ्याइ भएको छ । । सलमानको गत वर्ष प्रर्दशनमा आएको फिल्म ‘रेस ३’ फ्लप भएपछि उनका हातमा फिल्मको कमि छैन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *