मनोरञ्जन

जिनियस अवार्डका मनोनयनलाई प्रमाणपत्र वितरण

काठमाडौं– जेठ ११ गते काठमाडौंमा आयोजना हुने पहिलो संस्करणको जिनियर म्युजिक अवार्ड–२०७५ को मनोनयनमा पर्न सफल संगीतकर्मी तथा स्रष्टाहरुलाई मनोनयनको प्रमाणपत्र वितरण गरिएको छ । संगीतकर्मी प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा संगीतकार राजु सिंह, गीतकार पुरु लम्साल, गायक रमेश पाठकसहितले मनोनित संगीतकर्मीहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

२०७५ साल वैशाख १ गतेदेखि चैत मशान्त भित्रमा सार्वजनिक भएको गीत–संगीत तथा तीनका स्रष्टाहरुलाई विभिन्न विभिन्न ४८ विधामा जिनियस म्युजिक अवार्ड–२०७५ प्रदान गरिंदैछ ।जिनियस म्युजिक प्रालिले स्थापनाको दश वर्ष पूरा भएको अवसर पारेर पहिलो पटक ‘जिनियस म्युजिक एवार्ड–२०७५’ आयोजना गर्न लागेको हो ।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने एउटा विशेष सांगीतिक समारोहमा विभिन्न ४८ विधाका उत्कृष्ट संगीतकर्मी तथा स्रष्टाहरुलाई उक्त एवार्ड वितरण गरिने आयोजक संस्थाले जनाएको छ । अवार्डका लागि उत्कृष्ट राष्ट्रिय भावनाको गीत, चलचित्र (गीतकार, गायक, गायिका, संगीतकार), लोक तथा दोहोरी, आधुनिक, पप, बाल गीत, म्युजिक भिडियो (महिला तथा पुरुष मोडल, छायांकार, सम्पादक, निर्देशक), संगीत संयोजक, ध्वनी मुद्रक आदि गरि विभिन्न ४८ विधामा अवार्ड वितरण गरिने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *