समाचार

कर्मचारीको तलब ह्वातै बढ्ने देखियो संकेत, कस्को कति बढ्छ ?

काठमाडौं – आगामी आर्थिक वर्ष २०७६७७ का लागि सार्वजनिक हुने नयाँ बजेटमा कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने भएको छ। आगामी आविको बजेटमा निजामती कर्मचारीको मासिक तलब हाल खाइपाइ आएको भन्दा करिब १५ देखि २५ प्रतिशतसम्म बढाइने तयारी थालिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको समाचार राजधानी दैनिकमा छ।

अर्थ मन्त्रालयका अनुसार आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि गर्नुपर्ने अत्यधिक दबाब छ। मुख्य सचिवको संयोजकत्वमा रहने तलब पुनरावलोक समितिले पनि कर्मचारीको तलब वृद्धिको सिफारिस गर्ने भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *