समाचार
११ बर्षिया आमा भावनाको छोरी पुर्णिमालाई सहयोग लिएर पुगिन् पत्रकार शर्मिला गुरुङ
बर्दियाको गेरुवा गाउँपालिका- ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भएको खबरले हामीलाई स्तब्ध बनायो। स्तब्ध यसकारण कि ११ वर्षको खेल्नेकुद्ने उमेरमा अस्पतालमा नै नगई घर मै स्वस्थ बच्चा जन्माएकी थिइन् उनले।
२०६३ चैत्र १३ गते जन्मिएकी बस्नेतले २०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरी पूर्णिमालाई जन्माएकी हुन्। स्वास्थ्य संस्थामा समेत नपुगी उनी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई आमा बनेकी थिइन्। घरमै सुत्केरी भएकी भावना र बच्चाको अवस्था सामान्य रहेपनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण देखिन्छ।
गाउँकै सरस्वती आधारभुत विद्यालयको कक्षा ७ मा पढ्दै गरेका १४ वर्षीय नन्दबहादुर रावतसँग विवाह गरेकी भावनाले उनको घरमा कष्टपूर्ण जीवन बिताइरहेकी थिइन्। सामान्यतया शारीरिक, मानसिक तथा आर्थिक रुपमा परिपक्व भएपछि मात्र विवाह गर्दा राम्रो हुन्छ। तर उनीहरुको अवोध सम्बन्धले विवाहपूर्व कलिलो उमेरमै सुत्केरी भएपछि समाजको अवस्थालाई समेत उजागर गरिदिएको छ।
एकातिर सुत्केरी अवस्थाको पीडा त छदैछ अर्कोतिर उनलाई आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्न समेत धौधौ परेको थियो। मालिकाफाँटा गाउँपालिका जुम्लास्थित घर भएका नन्दबहादुरको आमा सानैमा बितेको र बाबुले दोस्रो विवाह गरेपछि उनी बर्दियास्थित दिदीको घरमा बसेर पढ्दै आएका थिए। दुवैको अवस्था एकदम नाजुक र दयनिय थियो। जब उनीहरु मिडियामा ए तब उनीहरुको अन्तर्वार्ता लिने धेरै भए, हालखबर बुझ्न धेरै भए तर सहयोग गर्ने भने २० मा १९ मात्र थिए।
हामी स्वयम् भावनाको घरमा पुग्दा उनको दयनीय अवस्था देखेर हामीसँग जाउ पढाउने बस्ने सबको बेवस्था गर्दिन्छु भन्दा भावनाका बुबाले अस्विकार गरे। आर्थिक सहयोगसहित हामी भावनाको चिन्ता मनभरी लिएरआयौ। काठमाडौँमा उनका श्रीमान छन् रे। कुरै कुरामा कम बोल्ने भावनाले हामीसँग भनेकी थिइन्।
हामीले उनका श्रीमान खोजेर केहि काम खोजिदिने निधो गरेका थियौ तर उनलाई सम्पर्क गर्दा कहिले क्र्तिपुर त् कहिले धादिंग भनेर हामीसँग भेट्नै खिजेनन्। वास्तबमा उनले हाम्लाई मात्र नभएर अरु मिडियामा पनि आउँन नचाहेका रहेछन्। धेरै समय पछि उनी मिडियामा बल्लतल्ल देखिए। श्रीमतीलाई भेट्न पुगे र अहिले आफ्नो छोरी र श्रीमती सहित भक्तपुरमा छन्। भक्तपुरकी उदार हृदय भएकी सुष्मा कार्कीले नन्दको स-परिवारलाई ल्याएकी हुन्।
अबिबाहित कार्कीले ११ बर्षिया सुत्केरी महिला र उनका श्रीमानको दयनीय अवस्था देखेर आमा र शिशुको स्याहारसुसार गर्नुका साथै पढाईदिने जिम्मा पनि लिएकी छिन। भावना अब दुई छाक टार्नको लागि मेलापात धाउनु पर्दैन। शुष्मा कार्की एक ब्यबसायी हुन्। उनले भक्तपुरमा पोल्ट्री सप्लायर्स र कुखरा पालन गर्ने गर्छिन। भावनालाई पढेर स्टाफ नर्स बन्न मन छ भने उनका श्रीमान भने सुष्माकै पोल्ट्री फार्ममा काम गर्ने नन्दबहादुर रावतले बताएका छन्। २ महिने शिशु सुष्माको काखमा खेलिरहेकी हुन्छिन।
हरेक अन्तर्वार्तामा सुष्मा पुर्णिमा सहित देखिएकी हुन्छिन्। पुर्णिमा साच्चै प्यारी छिन्। सानो बच्चा यसै उसै मायालाग्दो हुने नै भयो त्यहिमाथि पुर्णिमालाई देख्ने जोकोहीले पनि उनलाई बोक्न खोजिहाल्छन्। पिएनपीखबर डट कमको हाम्रै सहकर्मी सर्मिला गुरुङले जब पुर्निमालाई देखिन् तब उनलाई कुन बेला पुर्णिमालाई भेटेर आफ्नो काखमा लिउ जस्तो भयो। त्यसैले उनी पुर्णिमालाई भेट्न सुष्मा कार्कीको घरमा नै पुगिन्। उनले उपहार स्वरूप पुर्णिमाको लागि चिटिक्क परेको कपडा दिईन। उनको छोरीलाई ल्याईदिएको उपहार देख्दा भावना निकै खुशी भएको थिइन। जसजसले सहयोग गरे पनि भावना, पुर्णिमा र नन्दको भविष्य उज्ज्वल रहोस् यहिँ हाम्रो शुभकामना छ।

