समाचार
ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?
काठमाडौं–बुधबार छापावाल सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा चार सयले घटेको छ ।

मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेर ६० हजार ६०० मा कारोबार भइरहेको हो ।
महासंघका अनुसार आज तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ । त्यस्तै चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।




