समाचार

घर भत्किँदा ४ महिने बालकको मृत्यु, बावु आमा घाइते

रौतहट । रौतहटमा घर भत्किँदा चार महिने बालकको मृत्यु भएको छ भने मृतक बालकका बावु आमा घाइते भएका छन्। राजपुर नगरपालिका ८ बलुवा गोठका रामलोचन रामको घर भत्किँदा ती बालकको ज्यान गएको हो। माटो र इँट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर बिहीबार राति भत्किएको थियो। घर भत्किँदा पुरिएर रामलोचनका ४ महिने छोरा सन्तलाल रामको ज्यान गएको थियो।

रामलोचन र उनकी श्रीमती मरछियादेवी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। बिहीबार राति घर भत्किँदा पुरिएर घाइते भएका तीनै जनाको इलाका प्रहरी कार्यालय राजपुरले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि गौर अस्पताल पठाएको थियो। उपचारको क्रममा ४ महिने बालकको ज्यान गएको र बालकको बुवाआमाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *