समाचार

अवैध रुपमा बालुवा उत्खनन् गरी बिक्री गर्ने सात ट्र्याक्टरसहित चालक प्रहरी नियन्त्रणमा

शुक्लाफाँटा नगरपालिका–११ सनवोरा नदीबाट अवैध रुपमा बालुवा उत्खनन् गरी बिक्री गर्ने कार्यमा संलग्न सात चालकलाई ट्र्याक्टरसहित प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिकाका नगर उपप्रमुख तुलसीदेवी हमाल र वडाध्यक्ष दिलबहादुर बुढाको पहलमा इलाका प्रहरी कार्यालय झलारीको टोलीले आज ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको हो । अवैध रुपमा बालुवा उत्खनन्ले बर्सेनी नदीमा आएको बाढीले स्थानीयवासीको जग्गा कटान गर्दै आएको छ । उत्खनन् कार्य निरुत्साहित गर्नका लागि कारवाही स्वरुप ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको वडाध्यक्ष बुढाले बताउनुभयो ।

“नदीको बगरलाई आफ्नो जग्गा भनेर बालुवा बिक्री गर्ने विरुद्ध कारवाही हुन्छ”, उहाँले भन्नुभयो । प्रथम पटकका लागि उत्खनन् नगर्ने शर्तमा कागज गराएर छाडिने इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । सनवोरा नदीको पिपलाडी र रानीपुर क्षेत्रमा समेत अवैध बालुवा उत्खनन् जारी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *