समाचार

शैक्षिक सत्रको अन्तिम दिन विश्वविद्यालयमा गोली चल्यो दुइको मृत्यु,चार जना घाइते दुईको अवस्था गम्भीर

संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लाेट क्याम्पसमा भएको गोली प्रहारमा परी दुई जनाको ज्यान गएको समाचार छ ।उक्त गोली प्रहारमा अरु केही घाइते भएका बताइएको छ । मङ्गलबार सो गोलीकाण्ड भएको थियो । मङ्गलबार साँझ ७ बजेभन्दा केही अघिमात्र यस्तो गोली प्रहारको घटना भएको थियो ।

मङ्गलबार यस शैक्षिक सत्रको अन्तिम दिन थियो । त्यस दिन कलेज समापन गरी घर फर्किने तयारी गरिरहेका विद्यार्थीहरुमाथि गोली प्रहार भएको बताइएको छ ।विद्यार्थीहरु विदा हुने बेलामा अकस्मात उक्त क्याम्पसको इमर्जेन्सी सेवाबाट लुक्नु, भाग्नु, सुरक्षित हुनु भनी माइकिङ शुरु भएको थियो । त्यसपछि कलेज परिसरमा भागाभाग भएको थियो ।

स्थानीय इमर्जेन्सी सेवाले दुई जनाको ज्यान गएको र अरु चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जनाएको छ ।
च्यार्लाेटको प्रहरी सेवाले आक्रमणकारीको पहिचान गरेको छ । सो विभागकाअनुसार गोली हान्ने व्यक्ति सो क्याम्पसको एकजना २२ वर्षीय विद्यार्थी रहेका बताइएको छ । उनको नाम त्रिस्तान एन्ड्रयु हुन् । आक्रमणकारीलाई प्रहरी थुनामा राखिएको छ । तर घटनाको बारेमा ती व्यक्तिले स्वीकार नगरेको पनि प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *