समाचार

चितवनमा टिपरको ठक्करबाट मोटरसाइकलमा सबार श्रीमानको मृत्यु, श्रीमती घाइते

चितवन- टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा बुधबार एक जनाको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्। मृत्यु हुनेमा धर्मराज रहेका छन् ।

चौविसकोठीबाट विशालचोकतर्फ गइरहेको ना ७ ख २२६९ नम्बरको टिपरले भित्रीबाटोबाट आउँदै गरेको ना १८ प १००१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धर्मराज र उनकी श्रीमती ४५ वर्षीय कमला अधिकारी घाइते भएकी थिइन्। घाइते कमलाको सोही अस्पतालमा उपचार भइरहेको छ।

टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ। दुर्घटनापछि आक्रोसित स्थानीयले ठक्कर दिने चालकलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै केही समय सवारी आवगमन अवरुद्ध गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *