समाचार

हत्या भएको पाँच वर्ष पछि अनुसन्धान शुरु, तीन जना पक्राउ…

काठमान्डौ , पोखराको नयाँ बजारमा ५ वर्ष अघि भएको सुर्य पाण्डेको मृत्यु प्रकरणको अनुसन्धान प्रहरीले शुरु गरेको छ । आफ्नो छोराको हत्या भएको भन्दै मृतका आमा विष्णुकुमारी पाण्डेले ५ वर्ष पछि वैशाख १३ गते किटानी जाहेरी दिनुभएको थियो ।जिल्ला प्रहरी कार्यालय कास्कीले चार वर्ष पछि अनुसन्धान सुरु गरेको हो । किटानी जाहेरीको आधारमा घटनामा संलग्न रहेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।हत्याको आरोपमा कास्की प्रहरीले बुद्धि श्रेष्ठ९ माइला० , रामचन्द्र मानन्धर र रामचन्द्रका भाइ ध्रुव मानन्धरलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो ।

उनीहरुलाई सोमबार म्याद थप गरि हिरासत कक्षमा राखेर अनुसन्धान अगाडि बढाएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । ू हामिले अनुसन्धान गरिराखेका छौ, एक दुई दिनमै सत्य बाहिर आउँछू सुवेदीले भन्न्भयो ।पक्राउ परेकामध्ये १ जनाले हत्या स्वीकारेको प्रहरी स्रोतले जानकारी दियो । तर पनि अनुसन्धानमा खटिएका प्रहरी भने बयान मान्न तयार छैनन् । प्रहरी स्रोत भन्छन ‘हत्या एक जनाले मात्र गरेको हुन सक्दैन, कम्तीमा पनि २ जनाको हात हुनुपर्छ ।’वि।सं २०७१ साल फागुन ५ गते शिबरात्री मनाउन घरबाट निस्केका २३ वर्षिय सुर्य पाण्डे ६ गते नया बजार राम मन्दिर पछाडी रहेको सेतीनदि पुलमुनि मृत भेटिएका थिए ।

तत्कालिन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता केदार रजौरेले पोस्टमार्टम रिपोर्ट अनुसार बजारिएर मृत्यु भएको बताए पनी मृतकको शरीरभरि चोट देखेको कारण परिवारले रहस्यमयी तरिकाले हत्या भएको हुन सक्ने बताएका थिए । प्रहरिले दिएको प्रतिवेदन प्रती परिवार असहमति भए ।छोराको हत्या भएको भनी परिवारले जाहेरी समेत दिए । छोराको हत्या भएको ५ वर्ष वितिसक्दा समेत प्रहरिले सत्य तथ्य पत्तालगाउन नसकेको आमा विष्णुकुमारिले आरोप लगाउदै गर्दा पक्राउ परेको खबर पाए पछि भने न्याय पाउने आशा जागेको बताउनु भयो ।

मानवअधिकार आयोग, वकिल, महिला संघ लगयत हरेक क्षेत्रमा न्यायका निमित्त धाए पनि कसैले कुरा नसुनेको बताउनु हुन्छ । ू ५ वर्ष सम्म न्यायको भिख माग्दै जताततै गए, मेरो आँसु कसैले सुन्ने प्रयास गरेनन तर आज न्याय पाउने आशा जागेको छू पाण्डेले भन्नु भयो ।घटनाको अनुसन्धानमा तत्कालिन प्रवक्ता केदार रजौरे, प्रहरी निरीक्षक देवि प्रसाद पौडेलले लगायत रहेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *