समाचार

आफ्नै पत्निको हत्या गर्न खोज्ने विप्लव सर्मथित यि नेतालाई प्रहरीले फिल्मी शैलीमा गर्यो पक्राउ, कुरो बुझ्दै जाँदा घटनाले लियो यस्तो मोड

अछाम । श्रीमतीलाई घाटी थिचेर मार्ने कोशिस गरेको कसुरमा प्रहरीले विप्लव निकट नेकपाका युवा संगठनका जिल्ला अध्यक्ष पूर्णबहादुर भण्डारीलाई पक्रउ गरेको छ । उनी सो पार्टीका अछाम जिल्ला कमिटी सदस्य हुन् ।

मंगलसेन नगरपालिका, ११ खिमडा निवासी भण्डारीकी श्रीमती लक्ष्मी कुमारी खड्का ९भण्डारी०ले गत २१ फागुनमा श्रीमानविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत प्रहरीमा उजुरी दिएकी थिइन् । उनले प्रहरीमा दिएको उजुरीमा श्रीमानले आफूलाई विभिन्न आरोप लगाउँदै यातना दिँदै आएको र ज्यान मार्ने धम्कीसहित कुटपिट गरेको भन्दै ज्यानको सुरक्षा मागेकी थिइन् ।

श्रीमतीले कारबाहीका लागि प्रहरी गुहारेपछि गत २० फागुनदेखि फरार रहेका भण्डारीलाई प्रहरीले सुराकीका आधारमा पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न जिल्ला अदालत अछामले गत २३ फागुनमा आदेश दिएको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *