समाचार

सापटी लिएको रकम फिर्ता नदिएको निहुँमा चिया पसलेको हत्या

लहान / सापटी लिएको रकम फिर्ता नदिएको निहुँमा चिया पसले वृद्धको हत्या गरेको आरोपमा सिरहा प्रहरीले एकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सापटी लिएको रु चार हजार ५०० मध्ये रु तीन हजार फिर्ता नदिएको निहुँमा लहान नगरपालिका–९ गोठटोलका ६९ वर्षीय रतनबहादुर तामाङको हत्या गरेको आरोपमा प्रहरीले सप्तरीको राजविराज नगरपालिका–३ निवासी ५५ वर्षीय ज्ञानबहादुर थापामगरलाई पक्राउ गरी सार्वजनिक गरेको हो । धनगढीमाई नगरपालिका–१० स्थित राममन्दिर परिसरबाट पक्राउ परेका थापामगरलाई इलाका प्रहरी कार्यालय लहानमा राखी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको सिरहाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

तामाङको शव गत शनिबार लहान नगरपालिका–१७ स्थित गोबिन्दपुरगढी स्थानको किनारमा फेला परेको थियो । धारिलो हतियार प्रहार गरी तामाङको हत्या भएको घटना प्रकृतिबाट देखिएपछि अनुसन्धान गर्दै जाँदा थापामगरको संलग्नता पाइएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *