मनोरञ्जन

चक्लेटी अनुहार भएका सलिनमानले एक्सनमा देखाए बलियो सम्भावना, यात्रामा अभिनय गरेका उनको अभिनयको पनि त्यस्तै तारिफ

काठमाडौँ- ‘ए मेरो हजुर २’ बाट फिल्ममा डेब्यु गरेका नायक सलिनमान बनियाँलाई सम्भावना भएको नायकको रुपमा हेरिएको छ । यात्रामा उनको अभिनय र एक्सनलाई अत्यन्तै मन पराइयो । यसो त उनको चक्लेटी अनुहारको पनि कम चर्चा भएन् । बनियाँ अभिनित ‘यात्रा स् अ म्युजिक भ्लग’ हलमा प्रर्दशन भइरहेको छ । फिल्मले राम्रै व्यापार गरिरहेको छ ।पहिलो फिल्ममा चकलेटी हिरो रुपमा चिनिएका नायकले दोस्रो फिल्ममा एक्सन गरेका छन् । जसबाट उनले निकै तारिफ बटुलिरहेका छन् ।

उनी चकलेटी हिरोमा मात्र नभएर एक्सन हिरोको रुपमा जम्ने सम्भावना देखाएका छन् । उनले यात्राका लागि तीन महिना एक्सन तालिम लिएका थिए ।फिल्मबाट सम्राट शाक्यले निर्देशनमा यात्रा सुरु गरेको छन् । फिल्मकर्मीले शाक्यलाई फिल्म निर्देशन क्षमता भएको व्यक्तिको रुपमा हेरिएको छ । त्यसैगरी, डेब्यु नायिका मलिका महतलाई पनि सम्भाबना भएकी नायिकाको रुपमा हेरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *