समाचार

सोलुखुम्बु विमान दुर्घटनाका मृतकहरुको भयो सनाखत, घाइतेहरुको पनि परिचय खुल्यो

सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङहिलारी विमास्थलमा आइतबार भएको विमान दुर्घटनाका मृतकहरुको र घाइतेको पहिचान भएको छ । आइतबार बिहान ९ बजेर २० मिनेटमा समिट एयरको विमान मनाङ एयरलाइन्सको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियो। सो दुर्घटनामा मृत्यु हुनेहरुमा समिट एयरलाइन्सका को–पाइलट काठमाडौको चावहिलका ३४ वर्षिय सुजित ढुङगाना, पर्यटन प्रहरी कार्यालय लुक्लामा कार्यरत दोलखाका ३९ वर्षीय प्रहरी सहायक निरीक्षक राम बहादुर खड्का र भोजपुर घर भएका प्रहरी सहायक निरीक्षक ४२ वर्षिय रुद्र श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा समिट एयरलाइन्सका पाइलट काठमाण्डौका रविनाथ रोकाया र मनाङ एयरलाइन्सको हेलिकप्टरका चालक ललितपुर भैँसेपाटीका ४८ वर्षिय चेब बहादुर गुरुङ रहेको खुल्न आएको छ । त्यस्तै मनाङ एयरलाइन्स लुक्लाका स्टेशन म्यानेजर खुम्बु पासाङल्हामु गाउँपालिका २ का ४३ वर्षीय लाक्पा छिरिङ शेर्पा र मनाङ एयरलाइन्सकै कर्मचारी खुम्बु पासाङल्हामु गाउँपालिका २ का ५५ वर्षीय स्याङबुचे कार्की रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुमध्ये रोकाय र गुरुङको अवस्था गम्भीर छ भने शेर्पा र कार्कीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

बिहान पर्यटक लिन रामेछापको मन्थली विमानस्थल जान उड्न लागेको विमान करिब २ सय मिटर पर पुगेर धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । विमानमा चालक र सहचालक तथा एक जना एयरहोस्टेस रहेको बताइएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *