समाचार
‘ओभरटेक’ गर्न खोज्दा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ घाइते
सुनसरी । सुनसरीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–८ पानीट्यांकीमा शुक्रबार राति ओभरटेक गर्न खोज्दा टयाक्टरमा ठोक्किएर अनियन्त्रित भएको कार बसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको हो भने ५ जना घाइते भएका छन् । अनील श्रेष्ठ, जनक बुढाथोकी र मदन लिम्बुको मृत्यु भएको हो । मृतक तीनै जना कारमा सवार थिए ।

घाइतेको अहिले नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, घाइतेको अवस्था सुधारोन्मुख छ । बा २० च ४०७६ नं. को कारले को १ ख ६७६१ नम्बरको यात्रुवाहक बसलाई ठक्कर दिन पुगेको थियो । इटहरीतर्फ जाँदै गरेको कार ट्याक्टरमा ठोक्किएर अनियन्त्रित हुँदै बसमा ठोक्किँदा ५ जना घाइते भएका हुन् ।


