रेबिजको सुई लगाउन आएका बिरामीको कुरा सुनेर डाक्टर परे अचम्ममा, के भने बिरामीले ?

अ+
अ
अ-

काठमाडौँ । रेविजको सुन लगाएको गएका विरामीको कुरा सुनेर चिकित्सक अचम्ममा मात्रै परेनन्, के गर्ने भन्ने निर्णय गर्नै कठिन भएको छ । हड्डीले खुट्टामा घाउ भएको भन्दै एक व्यक्ति रेबिजको सुई लगाउन अस्पताल आएको घटनालाई लिएर डाक्टरहरु अचम्ममा परेका हुन् । कुकुरले खाइरहेको मासुको हड्डीले घोचेर घाउ बनाएकाले रेविजको सुई लगाउन आएको बताएपछि डाक्टरहरु अचम्ममा परेका हुन् ।

तर डाक्टरहरुले ती व्यक्तिलाई रेबिजको सुई भने लगाएनन् । रेबिज लागेको कुकुरले घरमै खानेकुराहरु खाने नगर्ने भएकोले जोखिम नहुने डाक्टरले बताए ।

यदि कुकुरमा रेबिजको संक्रमण नै छ भने पनि उसले खाँदै गरेको मासुको हड्डीबाट रेबिज सर्ने सम्भावना नहुने उनीहरुको तर्क छ । डाक्टर पुनले यो घटना आफूहरुका लागि पहिलो भएकाले अचम्ममा परेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत शेरबहादुर पुनले यसबारे जानकारी दिएका हुन् ।