पाेखराका २ ठाँउमा शंकास्पद वस्तु फेला, डिस्पोज गर्दा सेनाका नायक घाइते

अ+
अ
अ-

पाेखरा । प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन पोखराका २ ठाउँमा शंकास्पद वस्तु भेटिएको छ। पोखरास्थित नदीपुरस्थित प्रदेशसभा भवन नजिकै र लेखनाथस्थित सैनिक बस्तीमा शंकादस्पद वस्तु भेटिएको हो ।

प्रदेशसभा भवन गेट अगाडि सडकमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा एक घाइते भएका छन् । डिस्पोज गर्ने तयारी गर्दै गर्दा बारुद पड्किएर कालिभञ्जन गण रत्न मन्दिरका नायक धर्मबहादुर थापा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङका अनुसार थापाको हातका औंलाहरू चुँडिएका छन्। घाइते थापाको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै रुपन्देहीका ३ ठाउँमा बिस्फोट, पाल्पाको रिब्दिकोट गाउपालिकाको कार्यालयमा बम बिस्फोट, भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको यात्रुबहाक बसमा पेट्रोल बम प्रहार, कन्चन गाउँपालिका परिसरमा बम फेला परेको छ ।

विप्लवले बन्द आह्वान गरेका हुनाले विप्लव समूहले नै यस्ताे गतिविधि गरेकाे हुन सक्ने प्रहरीकाे आशंका गरेको छ ।