पोली – लिबियामा पछिल्लो समय द्वद्व चर्किएसँगै अमेरिका लगायत विभिन्न देशका सेना फिर्ता भइरहँदा नेपाली सेनालाई भने फिर्ता गर्ने छाँटकाँट देखिएको छैन । । संयुक्त राष्ट्रसंघको प्रवक्ता कार्यालयले आजै ट्वीटरमार्फत नयाँ सूचना सार्वजनिक गर्दै नेपाली सेना त्रिपोलीमै रहने बताएको छ । उसले भनेको छ , ‘हामी नेपाली अधिकारीहरुसँग सम्पर्कमै छौँ । र नेपाली सुरक्षा टोली फिर्ता हुने कुनै योजना छैन ।

नेपालले त्रिपोलीमा मिसनलाई निरन्तरता दिनेछ । विकासका लागि उनीहरुको योगदान र निरन्तरतालाई हामी उच्च रुपमा महत्व दिन्छौँ ।’नेपाली सेनाका प्रवक्ताले समेत संयुक्त राष्ट्रसंघको निर्णय अनुसार नेपाली सेना लिबियामै रहने जानकारी दिएका छन् ।
राष्ट्रसंघले निर्णय नगर्दासम्म नेपाली फिर्ता हुने प्रश्न नै नआउने ने कुरा प्रवक्ता विज्ञान देव पाण्डेले बताएका छन् । भारत र अमेरिकाले आफ्ना सेना फिर्ता बोलाइ सक्दा लिबियामा भने २ सय ३१ जना नेपाली सैनिक शान्ति सुरक्षार्थ खटिएका छन् ।


