लोक कल्याणकारी र समानुपातिक विज्ञापन प्रणालि सँगसँगै लग्नुपर्ने : मन्त्री बासकाेटा

अ+
अ
अ-

जनकपुरधाम / देशमा अब संक्रमणकालिन अवस्थाको अन्त्य भएको संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बासकाेटाले बताउनुभएको छ । सरकारले अब नीतिगत सुधारलाई आर्थिक, सामाजिक रुपान्तरण, सुखी नेपाली समृद्ध नेपाल निमार्णको महाअभियानमा लागेको मन्त्री बासकाेटाले बताउनुभयो । बिहीबार जनकपुर विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै सरकारले देश विकासको लागि विभिन्न महत्वपूर्ण योजनाहरु ल्याएको बताउनुभयो । त्यस्तै लोक कल्याणकारी र समानुपालिक विज्ञापन प्रणालि सँगसँगै लगनुपर्ने आवश्यकता रहेको मन्त्री बासकाेटाले बताउनुभयो ।

देशमा अब राजनीतिक संक्रमणकालिन अवस्था समाप्त भईसकेको भन्दै मन्त्री बासकाेटाले विखण्डनकारी नारा दिने सिके राउतलाई समेत सम्झदारीमा ल्याउनु राष्ट्रिय सफलता हासिल भएको बताउनुभयो । देशमा अहिलेपनि केहि समुहहरु हिंसा भडकाउने कार्यमा प्रयासरत रहेको भन्दै अब त्यसलाई सहन नसक्ने मन्त्री बासकाेटाले बताउनुभयो ।

त्यस्तै गृहले जन्मका आधारमा नागरिकता लिएको संंतानलाई वंसजको आधारमा नागरिकता दिन परिपत्र गरेको निर्णलयलाई कार्यान्वय नगर्न दिएको आदेश प्रति मन्त्रि बाँस्कोटाले कुनै नेपाली नागरिकलाई नागरिकताबाट बँचित नराखिने बताउनुभयो । सर्वोच्चको आदेश परमानेन्ट आदेश नरहेको भन्दै यसमा केहि अझै बसह छलफलको खाँचो रहेको उहाँले बताउनुभयो । मन्त्री बासकाेटा नेपाल टेलिकमको फाईबर टु होम कार्यक्रमको शुभारम्भ गर्न जनकपुरधाम आउनुभएको हाे ।