समाचार
बिहानै आयो दु:खद खबर !! यात्रुबाहक बस त्रिशूलीमा खस्यो, अहिलेसम्म कसैको पहिचान हुन सकेन
सोमबार राति काठमाडौँ टू बाग्लुङ लेखेको ना५ ख ३६८२ नम्बरको बस त्रिशूली नदिमा खसेको छ । मुग्लिनबाट कुरिनटारतर्फ गइरहेको बस त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तीन जना सवार बस चितवनको इच्छाकामना–५ घोप्टेभिरमा दुर्घटना भएको हो ।

बसमा चालक, सहचालक र अर्को बसको चालक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहचालकको अवस्था गम्भिर रहेको छ भने २ जनाको सामान्य रहेको छ । मुग्लिनबाट खाना खाएर कुरिनटारतर्फ आउँदै गर्दा बस दुर्घटना भएको थियो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ । घाईते तीनै जनाको नाम खुल्न बाँकी छ । उनीहरुलाई उपचारका लागि भरतपुर तर्फ ल्याईएको छ । सांकेतिक तस्बिर ईन्टरनेटबाट साभार गरिएको हो ।



