समाचार
नेता, कर्मचारी र भूमाफियाको कब्जामा बागमती बगर, राज्यलाई साढे ४ अर्ब मुआब्जा भार !
काठमाडौं / भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्नेगरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपञ्च भएको पाइएको छ। राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी बगिरहेको १८८ रोपनी जग्गाको मुआब्जा दिन सहरी विकास मन्त्रालयसमक्ष सिफारिस गरेको छ। यही समितिअन्तर्गत बागमती किकास आयोजना सञ्चालित छ।

मुआब्जा दिन सिफारिस गरिएको गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्मको जमिनमा अहिले बागमतीको पानी बगिरहेको छ। उक्त क्षेत्र काठमाडौं महानगरपालिका वडा ६, ८ र ९, गोकर्णेश्वर र कागेश्वरी नगरपालिकामा पर्छ। आजकाे नागरिक दैनिकमा खबर रहेकाे छ।


