यस्तो छ आजको तरकारीको बजार मूल्य, हेर्नुहोस कुन तरकारीको मूल्य कति ?

अ+
अ
अ-

काठमाडौं – कालिमाटी तरकारी थोकबजारमा सोमबार भिण्डी र तितेकरेलाको भाउ बढेको छ। कालिमाटी फलफुत तथा तरकारी बजार विकास समितले जनाए अनुसार आज भिण्डी र तितेकरेलाको भाउ बढेको छ। भिण्डी र तितेकरेला केजीमा १५ रुपैयाले बढेको हो ।

समितीका अनुसार भिण्डी र तितेकरेलाको भाउ केजिमा १५ रुपैयाँले बढेर १ सय देखि १ सय १० रुपैयाँ केजि मा कारोबार भइरहेको छ ।त्यस्तै स्थानिय काउली हिजो भन्दा ५ रुपैयाँ सस्तो भएर १५ देखि २०, मुला सेतो र भन्टा ३० देखि ३० रुपैयाँ केजिमा कारोबार भइरहेको छ ।

घिउसिमी १५ रुपैयाँ सस्तो भएर ६५ देखि ७० र च्याउ ८० देखि ९० रुपैयाँ केजिमा बिक्री भइरहेको छ। मटरकोसा र टाटेसिमी ५५ देखि ६०, रुपैया केजीमा बिक्री भइरहेको छ । ठुलो गोलभेंडा ६५ देखि ७० र सानो गोलभेंडा ५० देखि ५५, रातो आलु २० देखि २२, सुकेको प्याज २२ देखि २४, गाजर १५ देखि २०, बन्दा १० देखि २० रुपैयाँ केजिमा बिक्री भइरहेको समितीले जनाएको छ ।