मृत्यु भएको १५ दिन बित्दा समेत युवाको शव परिवारले नबुझेपछि……..!

अ+
अ
अ-

मोरङ । मोरङको पथरीशनिश्चरेमा १५ दिनअघि एक युवाको शंकास्पद मृत्यु भएपछि उनको परिवारले ती युवाको हत्या भएको भन्दै शव बुझन नमान्दा प्रहरी समेत संकटमा परेको छ । पथरीमा फागुन २ गते खुलेको सिक्का बार एण्ड लन्च कम्पनीमा रमाईलो गर्न गएका पथरीशनिश्चरे ७ का २७ बर्षिय षडराज तामाङको फागुन १६ गते राति करिव १०ः३० बजेको समयमा सहस्यमय मृत्य भएको थियो । उनको हत्या भएको भन्दै पीडित परिवारले हालसम्म दाहसंस्कार गरेका छैनन् । पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले किटानी जाहेरी प्रहरीले दर्ता नगरेकोमा गुनासो मात्र गरेनन् उचित न्याय दिलाइदिन अनुरोध समेत गरेका छन् ।

मृतककी भाउजु आङ्रिता तामाङ र दिदी टिका तामाङले होटल सञ्चालक र मृतकका साथीहरु सहित १० जना विरुद्ध किटानी जाहेरी प्रहरीलाई बुझाइ सकेको छ । प्रहरीले दर्ता नगरी हामीलाई झुकाउन खोजेको, अपराधीलाई कानुनी दायरामा ल्याउनुको सटा दुई पक्षलाई मिलाउन खोजेको र शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा नलिएको भन्दै पीडित परिवारले गुनासो गरिरहेका छन् । प्रहरीले भने मुद्धा दर्ता भइसकेको बताएको छ । मुद्धा दर्ता गरेको जनाएपनि जाहेरीमा नाम परेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धानमा कडाइ नगरेकोमा गुनासो गर्दै आएका छन् ।

तामाङ साथीहरु संग मिलेर फागुन १६ गते बार गएको र पेय पदार्थ खाने क्रममा बार संचालक र दमकबाट आएका ग्राहक संग बादबिबाद भएको तामाङका साथी बताउछन । बिबाद बढ्दै गए पछि प्रहरीको सहायतामा १०ः३० बजे सबै ग्राहकलाई निकालेर घर घर पठाएको तर तामाङ प्रहरीको हातबाट फुत्की अन्यन्त्र लागेको सिसि फुटेजमा देखिन्छ । तामाङ र दमकको ग्राहक बिचको बिबाद मिलेको तर पुन होटल सञ्चालक मिलन श्रेष्ठसँग दोस्रो पटक झगडा भएको घट्नामा संलग्न व्यक्तिहरुबाट खुलेको छ । ५ तला माथि रहेको बारबाट बाहिरीने क्रममा चौथो तलाबाट तामाङ तल नझरी खाली खुल्ला कोठा तिर गएको सि सि क्यामरामा देखिए पनि त्यसको केहि समयमा तामाङको शव सिक्का वार र गोर्खा सुपरर्माकेटको गल्लाीमा रगताम्य अवस्थामा फेला परेको थियो ।

यता इलाका प्रहरी कार्यालय पथरी भने आफै लडेर मरेको प्रमाणित गर्न लागि परेको पीडित पक्षको आरोप छ । प्रहरीले अनुसन्धानको दायरा फराकीलो पारी हामीलाई आश्वसन दिनु पर्ने ठाउमा पीडा माथी पीडा दिएको दिदी टीका तामाङले बताईन । भाइको होटल सञ्चालक वा दमकको टिमको आक्रमणबाट मृत्यु भएको हुन सक्ने परिवारको दावी छ । पथरी ईलाका प्रहरी कार्यलयका इन्स्पेक्टर कमल बजगाईका अनुसार अनुसन्धान भैरहेको सबै सत्य तथ्य बाहिर ल्याउदा अन्य प्रमाणहरु लुक्न सक्ने भएकाले केही ढिलाई भएको भन्दै जति सक्दो चाँडो समस्या समधान गर्ने बताए ।