काठमान्डौ , कतारी राजदूत युसुफ विन अल हैलले नेपाली र कतारी नागरिकबीच घनिष्ठ भाइचारा सम्बन्ध रहेको बताएका छन् ।‘कतारमा रहेका नेपाली समुदायले देखाएको सौहार्दता, भाइचारा र कल्याणकारी व्यवहार सराहनीय छ,’ हैल ले भने, ‘नेपाली समुदायको इमान्दारिताको हामीले उच्च मूल्यांकन गरेका छौं ।’दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो पार्दै अघि बढ्नुपर्ने उनले बताए । दुई देशबीचको सम्बन्धको प्रगाढता देखाउन कतारमा कार्यरत ५ लाखभन्दा बढी नेपालीको संख्या काफी हुने उनको भनाइ छ ।
उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन कतारले सक्रिय भूमिका निर्वाह गर्ने बताए । कतारले मंगलबार राष्ट्रपिता शेख जासिम विन मोहम्मद अलथानीको जन्मोत्सव (१८ डिसेम्बर) लाई आफ्नो राष्ट्रिय दिवसका रूपमा मनाउँदै छ । उता अमेरिकी सैनिक सहायता रोक्ने अमेरिकी सिनेटको प्रस्तावलाई आफ्नो मुलुकमाथिको “हस्तक्षेप” भन्दै साउदी अरेबियाले त्यसलाई अस्वीकार गरेको छ । अमेरिकी सिनेटले यमनमा साउदी अरब समर्थित गठबन्धनले जारी राखेको हवाई आक्रमणमा अमेरिकी हातहतियारको प्रयोग रो क्न चाहेको छ ।साथै, सिनेटले पत्रकार जमाल खशोग्जीको हत्यामा साउदी राजकुमारलाई जिम्मेवार ठह¥याएको छ ।
“साउदी अरब अमेरिकी सिनेटको पछिल्लो दृष्टिकोणको भत्र्सना गर्दछ किनभने सिनेटका आरोपहरु अपुष्ट छन् । त्यसैले साउदी अरब आन्तरिक मामिलामा भएको अमेरिकी ठाडो हस्तक्षेपलाई अस्वीकार गर्दछ,” विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ। अमे रिकी सिनेटको मतदानले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि नयाँ चेतावनी दिएको छ । राष्ट्रपति ट्रम्पले यमनको द्वन्द्वमा अमेरिकी हतियारको व्यापक प्रयोग भएको तथा पत्रकार खशोग्जीको हत्याका बारेमा विश्वव्यापी आलोचना भइरहेको साउदी अरेबियाको शासन सत्तालाई समर्थन गरिरहनुभएको छ ।यमनको गृहयुद्धमा अमेरिकी समर्थन त्याग्नुपर्ने पक्षमा ४९ जना सिनेटरले मतदान गरेका थिए ।
उक्त मतदानमा डेमोक्राट र उनीहरुका विचारमा समर्थन जनाउने सात जना रिपब्लीकन सिनेटर सहभागी भएका थिए । राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लीकनका अरु तीन जना सिनेटर मतदानमा उपस्थित भएनन् । सिनेटले पत्रकार खशोग्जीको हत्यासम्बन्धी निन्दा प्रस्ता व पनि पारित गरेको छ । सिनेटले साउदी अरेबियाका मुख्य शासक राजकुमार मोहम्मद बिन सल्मान नै यसमा जिम्मेवार ठह¥याएको छ । साउदी विदेश मन्त्रालयले राजपरिवारमाथि हुने कुनै पनि किसिमको “अपमान” सह्य नहुने बताएको छ । “अमेरिकी सिनेट को यो कदमले साउदी–अमेरिकी सम्बन्धमा दरार ल्याउन खोज्ने सबैलाई मद्दत गरेको छ ।”


