पार्टी एकताका लागि पृष्ठभूमीमा धेरै ठूलो संघर्ष भएको छ : प्रचण्ड

अ+
अ
अ-

धनगढी, ८ फागुन । । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले दुई ठूला कम्युनिष्ट पार्टीको एकताका लागि पृष्ठभूमीमा धेरै ठूलो संघर्ष भएको बताउनु भएको छ ।

कैलालीको धनगढीमा सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पञ्चायत बिरोधी आन्दोलनबाट सुरु भएको सहकार्य जनयुद्ध र जनआन्दोलनका दुई ठूला प्रयोगहरु हुँदै पार्टी एकातासम्म आईपुगेको बताउनुभयो । संघर्ष, एकता र सहकार्यका श्रृंखलाहरु पार गरेर संविधान कार्यान्वयन र नयाँ राष्ट्रिय एकताका निम्ति दुई कम्युनिष्ट मिल्नुको विकल्प नदेखेर पार्टी एकता सम्भव भएको उहाँको भनाई थियो ।