अ+
अ
अ-
काठमाडौं ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आडमा हुने कुनै पनि हिंसा सैह्य नहुने बताएका छन्। सुदूरपश्चिम प्रदेश संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राजनीतिक आवरणमा हुने हिंसा सरकारले सहेर नबस्ने बताए।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले देशमा राजनीतिक आन्दोलन सकिएकोले हिंसात्मक गतिविधि गर्नेलाई नछोड्ने चेतावनी दिए। अरुण जलविद्युत आयोजनामा भएको आक्रमणको उनले निन्दा गरे।


