अ+
अ
अ-
काठमाडौं ८ फागुन । बागलुङको जैमिनी नगरपालिका– ८ छिस्तीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाईते भएका छन् । हिजो साँझ स्थानीय जनकल्याण माध्यामिक विद्यालयको वार्षिकोत्सव मनाएर विद्यार्थी, शिक्षक र अभिभावकसहित फर्किंदै गरेको ध १ ज ७९१ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा सोहि विद्यालयमा पढ्ने १२ वर्षिया ज्योती पुन, १५ वर्षिया प्रियंका पुन, १३ वर्षिया एलिना पुन र ३१ वर्षिय शिक्षक तुलसी पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।


