अ+
अ
अ-
काठमाडौं ७ फागुन । तल्लो तहसम्मको एकतालाई टुंग्याउन नेकपा अध्यक्षद्वयले देखाएको अग्रसरताप्रति पार्टी नेताहरूले असन्तुष्टि जनाएका छन्। सोमबार बसेको नेकपा सचिवालय बैठकमा एकता प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको कार्यदललाई काम गर्न थप समय दिने÷नदिनेमा नेताबीच मत बाझिएको छ। एकता प्रस्ताव तयार पार्न नेकपाले कार्यदल बनाएको थियो।

कार्यदलले जिम्मेवारी पूरा गर्न नसकेको भन्दै केही दिनयता अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल आफैं प्रस्ताव तयार पार्न क्रियाशील भएका छन्। अध्यक्षद्वयको सक्रियताप्रति नेताहरूले असन्तुष्टि जनाएका हुन्। अध्यक्ष ओली एकता प्रस्ताव सचिवालयमै टुंग्याएर स्थायी समितिमा लैजानुपर्ने पक्षमा छन्।


