राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश

अ+
अ
अ-

काठमाडौँ, ६ माघ /राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालय तथा मातहातका सरकारी वकिल कार्यालयले सम्पादन गरेका आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहकाबीच राष्ट्रपति भण्डारी समक्ष महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सो वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।