अ+
अ
अ-
काठमाडौँ, ५ फागुन। आगामी ६९ औं प्रजातन्त्र दिवस भोलिदेखि तीनदिनसम्म भव्यताका साथ मनाइँदैछ । यसै अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापामाध्यम, एफएम रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमहरूलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसम्बाद, अन्तरक्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको हो ।

प्रजातन्त्र दिवस मनाउने सम्बन्धमा गठित प्रचारप्रसार उपसमितिको आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको बैठकले सो आह्वान गर्दै नेपाल टेलिभिजन र रेडियो नेपालबाट फागुन ७ गते सैनिकमञ्च, टँुडिखेलमा आयोजना हुने कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने र अन्य टेलिभिजनहरुले ‘हुक’ गर्नसक्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।


