अ+
अ
अ-
भोजराज कार्की : सोलुखुम्बु, ४ फागुन /राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय प्राविधिक र व्यावसायिक शिक्षा अवलम्बन गर्नुपर्ने बताउनुभएको छ ।

सोलुखुम्बु बहुमुखी क्याम्पसले सञ्चालन गर्ने मेची–काली विश्व अभियानको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुक आर्थिक समृद्धिमा केन्द्रित रहेको परिप्रेक्ष्यमा गुणस्तरीय प्राविधिक शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको हो ।


