महोत्तरीमा अवैध क्रसर बन्द गरिँदै

अ+
अ
अ-

बर्दिवास, ५ फागुन /जिल्ला समन्वय समिति महोत्तरीले नदी उत्खनन कार्यको अनुगमन तीव्र बनाएसँगै यहाँका अवैध क्रसर उद्योग धमाधम बन्द गरिएका छन् । शुक्रबार शुरु गरिएको स्थलगत अनुगमनका क्रममा शनिबार साँझसम्म १२ त्यस्ता क्रसर बन्द गरिएको समितिले जनाएको छ ।

जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरक्षेत्रका नदी र नदीउकास क्षेत्रमा बग्रेल्ती सञ्चालनमा रहेका क्रसर उद्योगले ती ठाउँमा अनियन्त्रित दोहन गरेर प्राकृतिक सम्पदालाई कुरुप र जोखिमयुक्त बनाएको गुनासो बढ्दै गएपछि समितिले स्थलगत अनुगमन शुरु गरेको हो । क्रसर उद्योगले तटबन्ध निर्माण गरिएका ठाउँ र वृक्षरोेपण क्षेत्रमा उतखनन गरेर बनाएका ठूलठूला खाल्डाले तटबन्ध भत्कने र वनक्षेत्रका रुख ढल्ने अवस्था देखिएको समितिका प्रवक्ता सुदीपकुमार झाले बताउनुभयो ।