अ+
अ
अ-
फागुन ५, काठमाण्डौ । सरकारले भ्रष्टाचार अन्त्य गर्ने दावी गर्दै आए पनि भ्रष्ट प्रवृत्ति रोकिएको छैन । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियरा दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी नै भ्रष्ट बनेपछि गम्भीर प्रश्न उब्जिएको छ । अख्तियारका आयुक्त राजनारायण पाठकले घुस लिएको सार्वजनिक भएपछि अख्तियारप्रतिको विश्वसनियता नै गुम्ने खतरा देखिएको छ ।

न्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले दुई साताअघि सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक २०१८ अनुसार नेपालमा विगतका भन्दा भ्रष्टाचार घट्न सकेको छैन । भ्रष्टाचार हुने १ सय ८० देशमध्ये नेपाल १ सय २४ औं स्थानमा छ ।


